मौसम
सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने
सोमबार, २१ माघ २०८१, १५ : ०५
काठमाडौँ । आज (सोमबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरूमा हल्का पानी र हिउँ पर्ने भएको छ ।
जल तथा मौसम विभागकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीनै प्रदेश र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
बाँकी प्रदेशहरूमा कतैकतै बादल लागे पनि मौसम मुख्यतया सफा हुने सम्भावना रहेको छ ।
महाशाखाले माघ २३ गते सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँहरूमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि जनाएको छ । साथै पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित)
-
प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत
-
रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे निर्वाचित भए ?
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण