भारतमा केन्द्र सरकारका कर्मचारीलाई च्याट जीपीटी र डीपसिक प्रयोग नगर्न चेतावनी
नयाँ दिल्ली । भारत सरकारले एउटा आदेश जारी गरेको छ । आदेशमा सरकारी कर्मचारीहरूलाई एआई एप्स र एआई प्लेटफर्महरूबारे आवश्यक जानकारी दिइएको छ ।
केही कर्मचारीहरूले कार्यालयको कम्प्युटर र ल्यापटपमा एआई एपहरू (जस्तै च्याटजीपीटी, डीपसिक आदि) प्रयोग गर्ने गरेको अनि यो भारत सरकारको गोप्य कागजात र डेटाको लागि खतरनाक साबित हुनसक्ने अर्थ मन्त्रालयले जारी गरेको आदेशमा सरकारी कर्मचारीहरूलाई भनिएको छ ।
सरकारी कम्प्युटर, ल्यापटप र उपकरणहरूमा एआई एप र उपकरणहरू प्रयोग गर्नु हुँदैन भनेर केन्द्र सरकारको परिपत्रमा भनिएको छ । डेटा र गोपनीयतालाई प्राथमिकता दिँदै यो निर्णय लिइएको पनि पत्रमा उल्लेख छ । एआई प्रयोगकर्ताहरूको मनोबल गिराउन यो कदम नचालिएको पनि स्पष्ट पारिएको छ ।
भारतमा च्याटजीपीटी, डीपसिक र गुगल जेमिनीजस्ता धेरै विदेशी एआई एपहरू उपलब्ध छन् । आफ्नो काम सजिलो बनाउन धेरैले यसलाई प्रयोग गर्दै आएका छन् । एआई एप्स इन्ष्टल गरेपछि, तिनीहरूले आवश्यक अनुमतिहरूको पहुँच माग्छन् । यस्तो अवस्थामा सरकारी फाइलहरूको डाटा चुहावट हुने खतरा कायमै भएकोले यो निर्णय गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण