मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
रौतहट । रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिका प्रमुख रीनाकुमारी साहले स्पष्ट गरिन् ।
महोत्सवका अवसरमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागितामा मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकुदलगायतका गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले रु ८७ लाख विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले जानकारी दिए ।
नगर प्रमुख साहले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको मौलापुरस्थित महादेव मन्दिर नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण