सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
काठमाडौँ । अव्यवस्थित रूपमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले अर्को व्यवस्था नभएसम्मका लागि बसिरहेको ठाउँबाट नहटाउन आग्रह गरेको छ ।
बुधबार आयोगले जारी गरेको विज्ञप्तिमा भूमिसम्बन्धी ऐन २०२० (आठौँ संशोधन)ले परिभाषित गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित परिवारको पहिचान र व्यवस्थापनको प्रक्रिया सम्पन्न नभएसम्म कसैलाई पनि विकल्पहीन रूपमा निष्कासन गर्ने, आवास र भूमि सम्बन्धबाट वञ्चित गर्ने, जीविकोपार्जन गर्ने आधारबाट विमुख पार्ने, जबरजस्ती निष्कासन गर्ने कार्य नगर्न नगराउन भनेको हो ।
आयोगले देशका विभिन्न स्थानमा जबरजस्ती विस्थापनका घटना घटाइएको र कतिपय व्यक्तिलाई पटकपटक उठीबासको सूचना दिएर त्रासमा राखिएको समाचार विभिन्न सञ्चार माध्यम तथा एम्नेष्टी इन्टरनेशनलबाट प्राप्त भएको जनाएको छ । आयोगले तहगत सरकारहरू एकतर्फी रूपमा अघि बढ्दा भूमिको दीर्घकालीन हुन नसक्ने तथ्य समेत प्रस्ट रहेको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ फिफा विश्वकप : चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण