सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
बुधबार, २३ माघ २०८१, २१ : १९
काठमाडौँ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन सरकारले नयाँ मापदण्ड ल्याएको छ । अर्थ मन्त्रालयले बुधवार यस्तो मापदण्ड सार्वजनिक गरेको हो ।
यसअघि २०७८ सालमा जारी भएको मापदण्ड कार्यान्वयन हुँदै आएको थियो । त्यसलाई प्रतिस्थापन गरी नयाँ मापदण्ड जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
जारी भएको नयाँ मापदण्डमा पुँजीगत खर्च, कार्यालय सञ्चालन खर्च, इन्धन, तालिम गोष्ठी तथा सेमिनार खर्च, पत्रपत्रिका तथा छपाई खर्च, आौषधी उपचार खर्च, भ्रमण खर्च लगायत विषयमा नयाँ व्यवस्था गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण