फोटोफिचर
शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट, तस्बिरहरू
बिहीबार, २४ माघ २०८१, ०९ : ५१

काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् ।
केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगरको अवस्था गम्भीर भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ ।
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल बक्यौता असुल गर्न नवनियुक्त शाक्यलाई ऊर्जामन्त्रीको निर्देशन
-
राजा फर्काउने आन्दोलनमा सहयोग ‘लिने र दिने’ नीतिमा राप्रपा
-
‘देखिने गरी’ नै काम गर्यो सरकारले
-
कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस
-
फिल्म प्रचार गर्ने अनौठो शैलीः रातो सारी लगाएर सडकमा अभिनेता लखरलखर
-
लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश