तीन इजरायली बन्धक आज हमासको कब्जामुक्त हुँदै
काठमाडौं । हमासले आज गाजाबाट थप तीन बन्दीको रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् ।
एलीलाई उनका भाइसँगै किबुत्जबाट लगिएको थियो । भाइको मृत्युको पुष्टि भइसकेको छ । युद्धका दौरान एलीकी पत्नी ब्रिटेन मूलकी लियान दुई छोरी नोइया र याहेल मारिएका छन् । १९ जनवरीबाट युद्धविराम लागू भएपश्चात १८ बन्धक मुक्त भएका बताइएको छ ।
यसको बदलामा इजरायलले १८३ प्यालेस्टाइनी कैदी रिहा गर्नेछ । तीन साताको समयमा युद्धविरामको पहिलो चरण अन्तर्गत लगभर ३३ बन्धक तथा १९ सय कैदीलाई मुक्त गरिसक्नु पर्ने छ । इजरायलले ३३ जनामा आठ पहिल्यै मरिसकेको जिकिर गरेको छ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५१ बन्धकलाई पक्डिएको थियो ।
उसले १२ सय जना मारेको थियो भने जुन विन्दुबाट युद्ध सुरु भएको थियो । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४७ हजार ५०० जना प्यालेस्टाइनी मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण