पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
धनगढी । पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन गरिएको छ ।
साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले मंगलबार धनगढीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा कविता सङ्ग्रह विमोचन गरे ।
सो क्रममा प्रमुख अतिथि साहित्यकार लम्सालले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने जिकिर गरे । उनले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोश र पीडा कविता सङ्ग्रहमा समेटिएको बताए ।
लम्सालले पत्रकार तथा कवि उपाध्यायको प्रशंसा गर्दै धनगढीमा हुर्किएर पनि देश–विदेश नियाल्न सक्ने, कलममा तागत भएको व्यक्तिका रूपमा आफूले पाएको चर्चा गरे ।
कवि उपाध्यायले कवितामा विचारमात्र नभएर हृदय, समाजको चेत र चेतना लेखेको लम्सालको भनाइ थियो ।
सुदूरपश्चिम क्याम्पसका पूर्वरजिष्ट्रार डा. पन्तले पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको विकास र समृद्धिका सवालमा कलम चलाउँदै आएका उपाध्यायको प्रशंसा गर्दै कोभिड महामारीमा नागरिकको जीवन रक्षाका लागि मानवीय कार्य गरेको स्मरणसमेत गरे । उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिमाथि चोटिलो प्रहार गरिएको उनको भनाइ थियो ।
कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मयण्यता, राजनीतिका विसंगति र प्रेमको समिश्रण रहेको बताए ।
विमोचित कविता सङ्ग्रह उनको चौथो कृति हो । यसअघि उनको एउटा कविता सङ्ग्रह, एउटा गजल सङ्ग्रह र ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक प्रकाशित छ ।
उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा, विकृत राजनीति, समय र परिवेशबाट उद्वेलित भएर कवितामा भावनाहरू प्रस्फुटित भएको बताए ।
उनले कोभिड महामारी र द्वन्द्वको क्रममा मुलुक र नागरिकले भोगेको व्यथा पनि कवितामा उतारेको चर्चा गरे ।
ऐश्वर्य प्रकाशन प्रालिका अध्यक्ष गणेश प्रसाद जोशीले उपाध्यायद्वारा लिखित कविता सङ्ग्रह प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए ।
विमोचन समारोहमा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर र वरिष्ठ पत्रकार टीकाराम यात्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण