प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण विरोध सभा गर्न पाउने नागरिकको हकमाथि सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । संविधानमा भएको मौलिक हक अनुसार नै आफ्ना कुरा राख्न पाईने, शान्तिपूर्ण सभा, विरोध गर्न पाउँने भए पनि अहिले त्यस्तो अभिव्यक्ति व्यक्ति गर्नका लागि काठमाण्ड़ौमा ठाउँ नै नभएको उनले गुनासो गरे ।
प्रतिनिधि सभाको आजको बैठकमा साहले ‘नेपालमा लोकतन्त्र छ की निरंकुशता छ ?’ भन्ने प्रश्न गर्दै लोकतन्त्रमा सरकारले अभिव्यक्ति स्वतन्त्रता किन हनन गर्न खोजेको भनेर सरकारसंग जवाफ माग गरेका छन् ।
‘नेपालमा लोकतन्त्र छ कि निरंकुशता छ ? निरंकुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरंकुश बन्नु भएको छ । नेपाली जनताले विरोध गर्न खोज्दा विरोध गर्न पाउँने ठाउँ कहाँ छ ?’, साहले भने, ‘हामी निर्वाचित सांसद भएकाले त ठाउँ पाउँदैनौं भने सर्वसधारणको हालत के होला ? यस बारेमा यो संसदले सरकारलाई निर्देश गरोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा (एमाले)ले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए ।
राजतन्त्रको समयमा उफ्रिउफ्रि सभा गर्ने, भाषण गर्ने नेताहरुले आज ति ठाउँमा ताल्चा लगाइएको किन नदेखेका होलान भन्दै उनले सरकार राजाभन्दा पनि बढी निरंकुश बनेको टिप्पणी गरे ।
यस्तै आजपा अध्यक्ष साहले सरकारले संसदीय समितिको बैठकहरुमा सरकारले सुराकी पठाएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण