भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
बुधबार, ३० माघ २०८१, १२ : ३५
काठमाडौँ । भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापति सन्तोष चालिसेले गुनासो गरेका छन् । समितिको बैठकमा बुधवार भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको थियो । उक्त छलफलमा उनले यस्तो गुनासो गरेका हुन् ।
‘अस्ति भन्सार प्रमुखलाई राखेर छलफल गर्यौँ । ४ घण्टा बसेर भन्सारका समस्या सुनाएका थियौँ । अब उहाँको सरुवा भएछ,’ उनले भने, ‘सरुवा भएकाले हामीलाई समस्या भयो । फेरि नयाँ भन्सार प्रमुखलाई कसरी बुझाउने यो विषयमा हाम्रो अर्थमन्त्रीलाई सम्झाउनुर्यो ।’
भन्सार प्रमुख परिवर्तन भएकाले भन्सार विधेयक माथि छलफलमै अप्ठेरो भएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण