भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
बुधबार, ३० माघ २०८१, १२ : ३५

काठमाडौँ । भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापति सन्तोष चालिसेले गुनासो गरेका छन् । समितिको बैठकमा बुधवार भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको थियो । उक्त छलफलमा उनले यस्तो गुनासो गरेका हुन् ।
‘अस्ति भन्सार प्रमुखलाई राखेर छलफल गर्यौँ । ४ घण्टा बसेर भन्सारका समस्या सुनाएका थियौँ । अब उहाँको सरुवा भएछ,’ उनले भने, ‘सरुवा भएकाले हामीलाई समस्या भयो । फेरि नयाँ भन्सार प्रमुखलाई कसरी बुझाउने यो विषयमा हाम्रो अर्थमन्त्रीलाई सम्झाउनुर्यो ।’
भन्सार प्रमुख परिवर्तन भएकाले भन्सार विधेयक माथि छलफलमै अप्ठेरो भएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात