अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नका लागि सरकारले राजनीतिक दलहरूबिच सहमति जुटाउने काम गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा टेबुल भएका अध्यादेशहरू पारित गर्नका लागि सहमतिको प्रयास भइरहेको बताएका हुन् ।
मन्त्री गुरुङले सरकार अध्यादेशहरूलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताए । उनले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनी नसकेको बताए । संघीय संसद्का दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले हामीले ल्याएका सबै अध्यादेशहरू हामीले संसदमा टेबुल गरिसकेका छौँ । यसमा पनि राजनीतिक दलहरूबिचमा सहमति हुनुपर्यो नि । अहिले त्यसको लागि सहमति जुटाउने कामहरू हुँदैछन् । हामी सकभर राष्ट्रिय सहमतिको आधारमा अध्यादेश पास गर्न चाहन्छौँ । त्यसो भयो भने मात्र बहुमतको आधारमा जाने हो ।’
मन्त्री गुरुङले प्रतिनिधि सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले फिर्ता नलिने बताए । उनले विधेयकका सम्बन्धमा आवश्यक निर्णय र संशोधन संसद्ले नै गर्ने भएको कारण फिर्ता लिने कुरा नभएको बताए । उनले सामाजिक सञ्जालको नियमन जरुरी रहेको समेत बताए । उनले सबै टेलिभिजन र रेडियाहरूलाई कानुन लाग्ने अनलाइहरुलाई नलाग्ने हो भन्दै प्रश्न समेत गरे । अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालको नियमन जरुरी भएको कारण सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण