माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छः नारायणकाजी श्रेष्ठ
चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् ।
अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनको भनाइ थियो । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न एकताबद्ध ढङ्गले अघि बढाउने धारणा राखे ।
उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइछाड्ने उल्लेख गरे ।
श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । उनले भरतपुरको विकास क्रान्तिकारी ढङ्गले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण