कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएको मुख्यमन्त्रीको दाबी
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ ।
बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शिता सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिबार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रमका कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त गरेका छौँ, त्यसको सही उपयोग र पारदर्शी वितरणमा जोड दिएका छौँ ।’
आलोचना भइरहे पनि आयोजनाहरू समयमा सम्पन्न गर्न प्रदेश सरकार कटिबद्ध रहेको उनको भनाई थियो । कर्णालीको आर्थिक अवस्था, विकासका अवरोधहरू र पत्रकारिताको भूमिकाबारे धारणा राख्दै कँडेलले प्रदेश सरकार दिगो विकासको लक्ष्यमा अघि बढिरहेको पनि बताए ।
‘कर्णालीलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सरकारले स्थानीय स्रोत साधनको परिचालन, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका क्षेत्रमा नीति परिवर्तन गर्दै लगानी अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।’
मुख्यमन्त्री कँडेलले सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारिता गर्दै प्रदेश सरकारका प्रयासहरूलाई समेत उजागर गर्न आग्रह गरे । उनले विकास निर्माणलाई तीव्रता दिँदै प्रदेशलाई समृद्ध बनाउने सङ्कल्पसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नागरिकलाई उत्साह जगाउने समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण