सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
शनिबार, ०३ फागुन २०८१, २१ : १४
सर्लाही । सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले माघ महिनाभर विभिन्न मुद्दामा फरार रहेका ९५ जना अभियुक्तलाई पक्राउ गरी अदालत समक्ष पेश गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूमध्ये कतिपय लामो समयदेखि फरार रहेका थिए। पक्राउ परेका अभियुक्तहरूमाथि अदालतको आदेशअनुसार कैद तथा जरिवाना असुल उपर गरिएको छ । सर्लाही जिल्ला अदालतबाट जारी गरिएको आदेशअनुसार यस अवधिमा कुल ६ वर्ष, ६ महिना, ६ दिनको कैद सजाय तथा रु। १६,९४,६२९ जरिवाना असुल गरिएको छ ।
प्रहरी प्रशासनले अदालतका फैसलाहरू कार्यान्वयन गर्दै न्याय प्रणालीलाई सशक्त बनाउन निरन्तर खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । साथै, फरार अभियुक्तहरूलाई खोजी गर्दै पक्राउ गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण