अभ्यासमा व्यस्त नेपाली महिला खेलाडी, तस्बिरहरू
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि दशरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सञ्चालन हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको एन्फाले जनाएको छ ।
_uYXOnSmDb2.jpg)
फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको यो प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने जानकारी एन्फाले दिएको छ । यसैबिच नेपालले आइतबार दशरथ रंगशालामा अन्तिम अभ्यास गरेको छ ।
_SENWywEt9U.jpg)
प्रतियोगितामा सहभागी टोलीहरूका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा अभ्यासको व्यवस्था गरिएको बताइएको छ ।
_8rgCIGub6y.jpg)
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताका खेलहरू राउन्ड रोविन लिगका आधारमा खेलाइने पनि एन्फाले जनाएको छ ।
_YXmL3Au62h.jpg)
त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरू दिउँसो २ः०० बजे र साँझ १८ः०० बजे खेलाइने बताइएको छ ।
_MhoZoqpege.jpg)
प्रतियोगिताको तयारी पुरा भइसकेको एन्फाले जनाएको छ । एन्फाका अनुसार, टेलिभिजन प्रसारण, मार्केटिङ, टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई प्रदान गरिएको छ ।
_bjqesd9oMt.jpg)
प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको पनि एन्फाले जनाएको छ । एन्फाका अनुसार, प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख ५६ हजार एक सय चार रुपैयाँ रहेको छ ।
_gdxr5IioPf.jpg)
_ZJsh27Zpyo.jpg)
_Zbq2YgNFL8.jpg)
_a7WPrwWa1D.jpg)
_ujeZirm3us.jpg)
_FKYh6qhISP.jpg)
_gHskRMIGhi.jpg)
_DlvjN1UlPx.jpg)
_0j9X3SPJGR.jpg)
_OybwEoR6qx.jpg)
_nEcFyeu6Pv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण