९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले आफ्नो ९ महिने कार्य प्रगती विवरण सार्वजनिक गरेको छ ।
पर्सास्थित उक्त गणले सार्वजनिक गरेको ९ महिने कार्य प्रगति विवरणमा विभिन्न नाकाबाट ३५ करोड ५९ लाख २१ हजार ९१० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको उल्लेख छ ।
जेठदेखि माघसम्मको अवधिमा विभिन्न नाकाबाट चोरी पैठारी गरी नेपाल ल्याउन खोजिएका भन्सार छलीका सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता नरेन्द्र धामीले बताए ।
उनका अनुसार बरामद भन्सार छलीका विभिन्न सामानमध्ये २३ करोड ४१ लख २७ हजार ३५८ रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुुझाइएको छ भने १२ करोड १७ लाख ९४ हजार ५५२ रुपैयाँको राजस्व छलीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुुझाइएको छ ।
कुन महिनामा कति भन्सार छलीका सामान बरामद ?
गत जेठ महिनामा ४ करोड ४२ लाख ६५ हजार ४८७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको १३ नम्बर गणले असारमा ६ करोड ८२ लाख १ हजार ४४०, साउनमा ५ करोड ४२ लाख ८१ हजार २०३, भदौमा ३ करोड ५९ लाख ९४ हजार ३४७ रुपैयाँ बराबरको त्यस्ता सामान बरामद गरेको थियो ।
यसैगरी असोजमा १ करोड ९८ लाख ९३ हजार ३९४, कार्तिकमा ३ करोड ४४ लाख ७३ हजार ६७८, मंसिरमा ३ करोड ३० लाख २४ हजार ७४७, पुसमा ३ करोड ५१ लाख ५९ हजार १५३ र माघ महिनामा ३ करोड ६ लाख २८ हजार ४६२ रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामान बरामद भएको प्रवक्ता धामीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण