विमलाको निर्णायक गोलमा नेपालको विजयी सुरुवात
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार दशरथर रंगशालामा खेलिएको नेपाले आफ्नो पहिलो खेलमा किर्गिस्तानबिरुद्ध १–० गोलले हरायो ।
नेपालको जितमा विमला चौधरीले निर्णायक गोल गरिन् । निर्धारित समयको १० औँ मिनेटमा विमलाले गरेको गोल नै नेपालको जितको लागि प्राप्त भयो । खेलको प्रारम्भदेखि नै नेपालले किर्गिस्तानलाई दबाबमा राखेको थियो ।
नेपालले प्राप्त अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । करिब ६० प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएपनि नेपाली खेलाडीले विपक्षको पोष्टमा गोल थप्न सकेनन् । नेपाली टोलीले खेलको दोस्रो हाफमा प्रभावशाली स्टाइकर सावित्रा भण्डारी साम्बालाई पनि मैदानमा उतारेको थियो । उनी सोमबार मात्र प्रतियोगितामा सहभागी हुन फ्रान्सबाट नेपाल आइपुगेकी हुन् ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र लेबननको पनि सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण