विमलाको निर्णायक गोलमा नेपालको विजयी सुरुवात

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार दशरथर रंगशालामा खेलिएको नेपाले आफ्नो पहिलो खेलमा किर्गिस्तानबिरुद्ध १–० गोलले हरायो ।
नेपालको जितमा विमला चौधरीले निर्णायक गोल गरिन् । निर्धारित समयको १० औँ मिनेटमा विमलाले गरेको गोल नै नेपालको जितको लागि प्राप्त भयो । खेलको प्रारम्भदेखि नै नेपालले किर्गिस्तानलाई दबाबमा राखेको थियो ।
नेपालले प्राप्त अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । करिब ६० प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएपनि नेपाली खेलाडीले विपक्षको पोष्टमा गोल थप्न सकेनन् । नेपाली टोलीले खेलको दोस्रो हाफमा प्रभावशाली स्टाइकर सावित्रा भण्डारी साम्बालाई पनि मैदानमा उतारेको थियो । उनी सोमबार मात्र प्रतियोगितामा सहभागी हुन फ्रान्सबाट नेपाल आइपुगेकी हुन् ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र लेबननको पनि सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा