एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा
हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको खेल जित्दै एपीएफ सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो बुधवार बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १–० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफलाई जीत दिलाउन खेलाडी सुजन कुमार पुलामीले ८३ औँ मिनेटमा निर्णायक गोल गरे । पुलामी खेलको ८१ औँ मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेको थियो ।
खेलको म्यान अफ द म्याच एपीएफका मणिकुमार लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने सङ्कटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।
गोल्ड कपमा सङ्कटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलीहरू हो । एपीएफ छैटौँ संस्करणमा मच्छिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने सङ्कटा पाँचौँ संस्करणमा क्यामरुनको भुटनिज स्पोट्र्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण