दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
नयाँ दिल्ली । भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी छिन् । ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो। भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् ।
यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् । यसैबिच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन्।
अरविन्द केजरीवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रेखा गुप्ता जीलाई धेरै धेरै बधाई छ। मलाई आशा छ कि उहाँले दिल्लीका जनतालाई गरेका सबै वाचाहरू पूरा गर्नुहुनेछ। हामी दिल्लीका जनताको विकास र कल्याणको लागि हरेक काममा उहाँलाई सहयोग गर्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण