एप्पलद्वारा तीन वटा मोडेलहरू बन्द
बिहीबार, ०८ फागुन २०८१, ११ : ३४
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हालै नयाँ आईफोन आईफोन १६ई लन्च गरेको थियो । तर यसका साथै कम्पनीले उपभोक्ताहरूलाई ठुलो झट्का पनि दिएको छ ।
आईफोन १६ईको सुरुवातसँगै एप्पलले अन्त तीन वटा मोडेलहरू बन्द गरेको छ ।
एप्पलको आधिकारिक वेबसाइटबाट आईफोन एसई (तेस्रो पुस्ता), आईफोन १४ र आईफोन १४ प्लस हटाइएको छ ।
यसको अर्थ अब तपाईंले एप्पलको आधिकारिक वेबसाइटबाट अब आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो, आईफोन १६ प्रो म्याक्स, आईफोन १६ई (फेब्रुअरी २८ पछि), आईफोन १५ र आईफोन १५ प्लस मात्रै किन्न सक्नुहुनेछ ।
आईफोन १६ई एप्पलको एउटा एन्ट्री–लेभल फोन हो । यो अहिलेसम्मको सबैभन्दा कम मूल्यको नयाँ मोडेल हो ।
आईफोन १६ई ६.१ इन्चको ओएलईडी स्क्रिनको साथमा आएको छ । यसमा ए१८ बायोनिक चिपसेट छ जुन कम्पनीको प्रमुख चिपसेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण