पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि
पानामा सिटी । अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् । यहाँ राखिएकामध्ये धेरैजसो नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका नागरिकहरू भएको भन्दै साउथ चाइना मर्निङ पोष्टले एउटा समाचारमा भनेको छ ।
फर्कने व्यवस्था नभएसम्म उनीहरू सबै यही होटलमा राखिनेछ । यिनीहरूलाई होटलबाट बाहिर निस्कन अनुमति दिइएको छैन । अधिकारीहरूका अनुसार यहाँ रहेका ४० प्रतिशत भन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्कन तयार छैनन् । होटलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ ।
केही आप्रवासीहरू सादा कागजमा लेखिएको सन्देश हातले बोकेर होटलको झ्यालहरूमा उभिएको पनि देखिन्थे । यसमा ‘मलाई मद्दत गर्नुहोस् र हामी हाम्रो देशमा सुरक्षित छैनौँ’ भनेर लेखिएको थियो । जानकारी अनुसार, सबै आप्रवासीहरू १० एसियाली देशका छन् । यिनीहरू मूलतः नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका हुन् । यी देशमा डिपोर्ट गर्न गाह्रो भएकोले अमेरिकाले पानामालाई यिनीहरू राख्ने ठाउँको रुपमा प्रयोग गरिररहेको छ ।
आधारभूत सुविधाहरू मात्रै दिइएको छ
यसैबिच, पानामाका सुरक्षा मन्त्री फ्रान्क अब्रेगोले सबै आप्रवासीहरूले चिकित्सा सुविधा र खाना पाइरहेका दाबी गरेका छन् । यो सम्पूर्ण व्यवस्था अमेरिका र पानामा बीचको सम्झौता अन्तर्गत भइरहेको पनि उनले बताए । सम्पूर्ण अपरेशनको लागत अमेरिकाले बेहोरिरहेको भनिएको छ ।
यसैबिच, ट्रम्पको पानामा नहरको नियन्त्रण लिने धम्कीका कारण राजनीतिक दबाबमा रहेका पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले गत बिहीबार डिपोर्टीहरू बोकेर पहिलो विमान आउन लागेको बताएका थिए । खबरका अनुसार ३०० आप्रवासीमध्ये अहिलेसम्म १७१ जना अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा आ–आफ्नो देश फर्कन राजी भएका छन् ।
संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले बाँकी १२९ जनालाई कुनै तेस्रो देशमा पुनर्वास गराउन सकियोस् भनेर विकल्प खोजिरहेको भनिएको छ । आफ्नो देश फर्कन तयार नभएका आप्रवासीहरूलाई पानामाको डारियन प्रान्तको विशेष केन्द्रमा राखिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण