महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ प्रदर्शनमा आउन लागेको तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलहरुले अग्रिम बुकिङ खुलाएका हुन् ।
तीन मध्य कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’लाई देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभर ६६ शो दिएको छ । क्युएफएक्सले यो फिल्मलाई काठमाडौँ भित्र मात्र २८ शो दिएको छ ।
त्यस्तै, निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’लाई क्युएफएक्सले देशभरका हलमा ५१ शो दिएको छ । काठमाडौँ मात्र २४ शो पाएको छ ।
क्युएफएक्सले सबै भन्दा कम शो दीवाकर भट्टराई निर्देशित ‘मायावी’लाई दिएको छ । क्युएफएक्सले ‘मायावी’लाई देशभर ४२ शो दिएको छ । फिल्मले क्युएफएक्सअन्तर्गत काठमाडौँमा २० शो पाएको छ ।
त्यस्तै, बिग मुभिजले ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ लाई ५/५ शो दिएको छ, भने ‘मायावी’ ले ३ शो पाएको छ ।
‘लाज शरणम्’ सिरियल सक्किगोनी टिमले बनाएको फिल्म हो । फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ ।
त्यस्तै ‘फेरि रेशम फिलीली’मा विजय श्रेष्ठ, सुपुष्पा भट्टसहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा लगायतको मुख्य भूमिका छ ।
अर्को फिल्म ‘मायावी’मा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायत मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको पक्षमा मधेसी दलहरू : भने– स्वच्छ छवि भएकालाई जबर्जस्ती आरोप लगाइयो
-
‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको ठुम्का
-
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी
-
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
-
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद