फाइनलअघि ट्रफीसहित कप्तानको फोटो सुट
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनलअघि मंगलबार दुबै टोलीका कप्तानले ट्रफीसहित फोटो सुट गराएका छन् ।
प्रतियोगिताको फाइनलमा बुधबार आयोजक नेपालले बलियो प्रतिद्वन्द्वी म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रंगशालामा साँझ १८ः०० बजे सुरु हुनेछ ।
फाइनलअघि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बा र म्यानमारकी कप्तान सन्दर लिनले ट्रफीसहित फोटो सुट गराएका हुन् ।
नेपाल र म्यानमार प्रारम्भिक चरणको खेलमा अपराजित रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । लेबनन र किर्गिस्तान भने पहिलो चरणबाटे बाहिरिए ।
यसअघि, प्रारम्भिक चरणमा पनि नेपाल र म्यानमारबिच भिडन्त भएको थियो । आइतबार खेलिएको उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई र दोस्रो खेलमा लेबननलाई समान १–० गोलले हराएको थियो । म्यानमारले भने आफ्नो पहिलो खेलमा लेबननलाई ३–१ गोलले र दोस्रो खेलमा किर्गिस्तानलाई ५–० गोलले हराएको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन भएको हो ।


_sSNZ4YmEl4.jpg)
_i3HYDBPkm8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण