खेलकुद महासंघ सुनसरीका अध्यक्षसहितका नेताहरू माओवादी प्रवेश
बिहीबार, १५ फागुन २०८१, १५ : २६
सुनसरी । नेकपा एमाले निकट खेलकुद महासंघ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत संघसंस्थाको नेतृत्व तहमा रहेका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्ने अन्य नेता तथा कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्वजिल्ला उपाध्यक्ष राजीव चौधरी, एमाले गढी गाउँपालिका–६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण