नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसँगै मधानी महोत्सव सम्पन्न
रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रम सम्पन्न भएको छ । दंगल कार्यक्रममा नेपाल र भारतका पुरुष र महिला चर्चित पहलवानहरूको विशेष सहभागिता रह्यो ।
मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादवको अध्यक्षता र मेयर रिनाकुमारी साहको प्रमुख आतिथित्यमा भएको दंगल कार्यक्रम हेर्न हजारौँको सहभागिता रहेको थियो ।
मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म विभिन्न कार्यक्रम सहित बिहीबार सम्पन्न भएको छ ।
महायज्ञमा पाँच दिनसम्म विभिन्न कार्यक्रम भएको थियो । ११ फागुनमा विभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान् शिवको बरात यात्रा निष्केको थियो भने १३ गते शिव मन्दिरमा विशेष पूजा भएको थियो र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । यस्तै १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम भएको थियो । जसपामा नेपाल र भारतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए । १५ गते मधानी विशेष दंगल कार्यक्रमसँगै महाधानी महोत्सव सम्पन्न भएको हो ।
मधानी महायज्ञमा नेपाल र भारतका दर्शनार्थीहरुको सहभागिता भएको थियो । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, मौलापुर नगरपालिकाका मेयर साहले भनिन् ।
प्रत्येक बर्ष भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् ।
मधानी महायज्ञमा निष्केको भगवान् शिवको बरात यात्रालाई आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका थिए । कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको समेत विशेष प्रस्तुति रहेको थियो ।
यसैगरी मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित भोजपुरी कलाकारहरू मिंटुवा, गायक सुनील पण्डित, नेपाली गायक गौरभनारायण राई, भोजपुरीका कलाकार, प्रिया सुहानी सहित स्थानीय कलाकारको पनि विशेष प्रस्तुति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण