लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ
सोमबार, १९ फागुन २०८१, १३ : १०
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौँ महानगरपालिका-६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएका ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण