सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
मङ्गलबार, २० फागुन २०८१, १६ : ५०
काठमाडौँ । सशस्त्र प्रहरीले अर्डर गरेको खुकुरी स्वयम्भूस्थित कारखानाबाटै चोरी भएको छ । नागार्जुन नगरपालिका–४ मा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी भएको हो ।
चोरीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहट घर भएका ३३ वर्षीय शेख जफ्रे आलम र २३ वर्षीय लाल मोहम्मद देवान छन् ।
ललितपुरको सानेपास्थित आरोपीहरूको डेराबाट ४५ थान खुकुरी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनीहरूको डेराबाट महँगो मूल्य पर्ने ३ थान साइकल पनि प्रहरीले बरामद गरेको छ । चोरी मुद्दा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भूले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण