‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि, १४ वटा क्लबको सहभागिता रहने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आइतबार (फागुन २५ गते) देखि ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथर रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलाइने एन्फाले जनाएको छ ।
प्रतियोगिताका क्रममा सिंगल राउन्ड रोविन लिगका आधारमा कुल ९१ खेल सञ्चालन हुनेछन् । प्रतियागितामा देशभरका १४ वटा क्लबको सहभागिता रहने छ । सहभागी क्लबमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।
यसैगरी, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँवस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड क्लबको पनि प्रतियोगितामा सहभागिता रहने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको पनि एन्फाले जनाएको छ । प्रतियोगिताको टिकट दर दशरथ रंगशालामा साधारण प्यारापिटतर्फ एक सय रुपैयाँ र भीआईपी प्यारापिटतर्फ तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।
एन्फा कम्प्लेक्स मैदानमा भने एक सय रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ ।
यसैगरी, तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ । फेयर प्ले टोलीले पनि एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि एक लाख रुपैयाँ पुररुकार पाउने छन् । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको आयोजना गर्न तीन करोड ९३ लाख एक हजार आठ सय १३ रुपैयाँ खर्च हुने अनुमान गरिएको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण