मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

‘द्रौपदी’ को ट्रेलरमा कर्णालीका दुःख

शनिबार, २४ फागुन २०८१

काठमाडौँ । कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषिराज आचार्य लिखित तथा निर्देशित तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र व्यथाहरूलाई प्रस्तुत गरिएको छ । 

यसअघि सार्वजनिक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेलामा ०८ चैत्रबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’ को ट्रेलर ल्याइएको हो ।

रिलिज अघि नै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको फिल्म डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णाली विभिन्न स्थानमा खिचिएको छ। 

नारी संवेदनात्मक लाग्ने फिल्मको ट्रेलरमा प्रमुख अभिनेता निर्देशक स्वयम् ऋषिराज आचार्य,शीर्ष अभिनेत्री आश्विनी शाही,गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल,सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ । 

निर्देशक आचार्य स्वयम्को लेखन,अनिल महर्जनको सम्पादन,सौरभ शर्माको पार्श्व संगीत, तथा मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्मका गीतमा रवि ओड र इन्द्रकला राईको आवाज छ । आर बि मुभिजमा बनेको  फिल्मको सह-निर्माता ऋतु आचार्य र विष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । फिल्मको वितरण एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया