शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रश्मिकाका लागि किन मागियो सुरक्षा ?

आइतबार, २५ फागुन २०८१, १४ : ४७
आइतबार, २५ फागुन २०८१

नयाँ दिल्ली । अभिनेत्री रश्मिका मन्डाना हिजोआज चर्चामा छिन् । कांग्रेसका एक विधायकले अभिनेत्रीबारे दिएको विवादास्पद बयानका कारण उनी चर्चामा रहेकी हुन् । 

यस घटनापछि कोडावा समुदायले रश्मिकालाई सुरक्षाको माग गरेका छन् । रश्मिका कोडा समुदायकी हुन् । रश्मिका हालै कर्नाटकमा भएको फिल्म महोत्सवमा सहभागी भइनन् । 

त्यसपछि कांग्रेसका विधायक रवि कुमार गौडाले उनलाई पाठ सिकाउने कुरा गर्दै बयान दिएका थिए । यसै आधारमा अब उनको लागि सुरक्षाको माग गरिएको हो । 

कोडावा राष्ट्रिय परिषद्का अध्यक्ष एन.यू. नचप्पाले यो मुद्दा उठाउँदै आदिवासी कोडावा जनजातिकी रश्मिका मन्डन्नाले आफ्नो समर्पण र प्रतिभाले भारतीय फिल्म उद्योगमा सफलता हासिल गरेको बताए । 

यस क्रममा उनले कांग्रेस विधायकको टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै केही व्यक्तिहरूले अभिनेत्रीलाई निशाना बनाएर दुव्र्यवहार गरिरहेको बताए । केन्द्रीय गृहमन्त्री अमित शाह र कर्नाटक राज्यका गृहमन्त्री जी. परमेश्वरलाई एउटा पत्र बुझाइएको छ । यसमा रश्मिका मन्डन्ना र कोडावा समुदायका अन्य महिलाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ ।

  • अभिनेत्रीलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह 

पत्रमा कथित धम्कीहरूको कडा निन्दा गरिएको छ । साथै, भारतीय सिनेमामा रश्मिका मन्डानाको योगदानलाई पनि जोड दिइएको छ । पत्रले उनलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरेको छ । ‘उनी एक महान् अभिनेत्री मात्र होइनन्, बर आफूलाई मन परेको कुरा गर्न सक्ने अधिकार भएको व्यक्ति पनि हुन्,’ पत्रमा भनिएको छ । कसैलाई पनि अरूको अनुरूप चल्न वा आफूलाई परिवर्तन गर्न बाध्य पार्नु नहुने पत्रमा भनिएको छ । 

  • के थियो कांग्रेस विधायकको अभिव्यक्ति ?

कांग्रेसका विधायक रवि कुमार गौडाले मार्च ३ मा मिडियासँग कुरा गर्दै भनेका थिए, ‘कन्नड फिल्म ‘किरिक पार्टी’बाट आफ्नो कन्नड करियर सुरु गरेकी रश्मिका मन्डानालाई गत वर्ष हामीले निमन्त्रणा गर्दा अन्तरराष्ट्रिय फिल्म महोत्सवमा आउन अस्वीकार गरेकी थिइन् ।’ अभिनेत्रीले आफ्नो घर हैदराबादमा भएको र आफूलाई कर्नाटक कहाँ छ थाहा छैन र मसँग समय पनि छैन भनेर आउन अस्वीकार गरेकी थिइन् । 

आफ्नो एक विधायक साथी उनलाई निम्तो दिन १०–१२ पटक उनको घरमा गएकी तर अभिनेत्रीले निम्तो अस्वीकार गरेर कन्नड भाषालाई पनि बेवास्ता गरेको गौडाले भने । कन्नड उद्योगमा हुर्केकी अभिनेत्रीको यस्तो अभिव्यक्तिमा उनलाई पाठ सिकाउनु पर्दैन र ? भनेर गौडाले उल्ट प्रश्न गरेका थिए । कांग्रेस विधायकको यो भनाइपछि, कोडावा समुदायले रश्मिका मन्डन्नालाई सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप