विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
मङ्गलबार, २७ फागुन २०८१, ०१ : २४
काठमाडौं । पूर्वी योर्कशायर तटमा एक मालवाहक पानी जहाज तेल ट्याङ्करसँग ठोकिंदा भयानक दुर्घटना भएको छ । जहाँ ३६ जनाको उद्धार गरिएको छ ।
अधिकारीहरुका अनुसार मालवाहक जहाजले विषालु रसायन सोडियम साइनाइड भरिएको १५ वटा कन्टेनर बोकिरहेको थियो । उक्त जहाजमा अमेरिकी सेनाका लागि जेट इन्धन लिएर हिँडेको ट्याङ्कर ठोकिएको अधिकारीहरुको हवाला दिंदै बीबीसीले उल्लेख गरेको छ ।
जहाज र ट्याङकर ठोकिएपछि आगलागी भएका दृष्यहरु कैद भएका छन् । उद्धार गरिएकाहरु मध्ये केहीलाई अस्पताल भर्ना गरिएको बताइएको छ । तेल जब पानीमा तैरिन्छ तब तुरुन्त कारबाही गर्न महत्वपूर्ण मानिन्छ । र, ब्रिडलिंगन, मेबलथोरपे र स्केग्नेसका टोलीले जहाजमा सवार व्यक्तिहरुलाई बचाउन सहायता गरेका बीबीसीले जनाएको छ । आगलागीपछि एक जना बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण