विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
मङ्गलबार, २७ फागुन २०८१, ०१ : २४

काठमाडौं । पूर्वी योर्कशायर तटमा एक मालवाहक पानी जहाज तेल ट्याङ्करसँग ठोकिंदा भयानक दुर्घटना भएको छ । जहाँ ३६ जनाको उद्धार गरिएको छ ।
अधिकारीहरुका अनुसार मालवाहक जहाजले विषालु रसायन सोडियम साइनाइड भरिएको १५ वटा कन्टेनर बोकिरहेको थियो । उक्त जहाजमा अमेरिकी सेनाका लागि जेट इन्धन लिएर हिँडेको ट्याङ्कर ठोकिएको अधिकारीहरुको हवाला दिंदै बीबीसीले उल्लेख गरेको छ ।
जहाज र ट्याङकर ठोकिएपछि आगलागी भएका दृष्यहरु कैद भएका छन् । उद्धार गरिएकाहरु मध्ये केहीलाई अस्पताल भर्ना गरिएको बताइएको छ । तेल जब पानीमा तैरिन्छ तब तुरुन्त कारबाही गर्न महत्वपूर्ण मानिन्छ । र, ब्रिडलिंगन, मेबलथोरपे र स्केग्नेसका टोलीले जहाजमा सवार व्यक्तिहरुलाई बचाउन सहायता गरेका बीबीसीले जनाएको छ । आगलागीपछि एक जना बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’