विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
विराटनगर । कोशी प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनलाई सहज बनाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार २ बजेपछि बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्बोधनको बेला आफूहरू अनुपस्थित रहनसक्ने भन्दै विपक्षीहरुले छलफल अगाडि बढाएपछि मुख्यमन्त्री कार्कीले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका हुन् ।
विराटनगरस्थित बिग होटलमा भएको दुई पक्षीय छलफल सकारात्मक भएको मुख्यमन्त्री कार्कीले बताए । ‘हाम्राबिचमा संसद् सञ्चालनको सन्दर्भमा केही घटनाक्रममा भएका मिस इन्फरमेसनलाई क्लियर गर्ने काम भयो । अब प्रदेशसभामा कसैबाट बाधा अवरोध हुँदैन । सबै आउनु हुन्छ,’ कार्कीले भने, ‘प्रधानमन्त्री भनेको संस्था हो । उहाँ आएको ठाउँमा अवरोध गर्नुहुँदैन । एमाले, काँग्रेस र माओवादीले यो व्यवस्थालाई बुझेरै लामो अभ्यास गरेको हुँदा यसमा समस्या आउँदैन ।’
उनले केन्द्रमा हुने राजनीतिक मनमुटाबलाई प्रदेशमा देखाउन नहुने पनि बताए । ‘माथिको कुरा हामी धेरै बुझ्दैनौँ । केपी ओली, शेरबहादुर देउवा, प्रचण्डको बिचमा हामी धेरै धुरा पस्नु हुँदैन । प्रदेशका मुख्यमन्त्री र दलका नेताहरूले माथिका नेताहरूमा धुरा पसेर विवाद निकाल्नु हुँदैन,’ उनले भने ।
उता, छलफल पछि प्रतिक्रिया दिँदै माओवादी दलका नेता आङ्बोले मुख्यमन्त्रीले प्रधानमन्त्रीले संस्थागत ढङ्गले बोल्ने, कसैलाई घोचपेच नगर्ने र विपक्षी दलहरुलाई औपचारिक निमन्त्रणा नगरेको विषयमा आलोचित हुने भनेर आश्वस्त पार्न खोजेको बताए ।
‘प्रधानमन्त्रीले संस्थागत ढङ्गले बोल्ने, घोचपेच नगर्ने भन्ने विषयमा आश्वस्त पार्नु भएको छ । यस्तै विपक्षी दललाई औपचारिक रूपमा नबोलाउनु गल्ती भयो भन्नु भएको छ । अब हामी विपक्षी दलहरू बैठक बसेर थप निर्णय गर्छौँ,’ आङ्बोले भने ।
विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट छलफल गर्ने जिम्मा लिएर आङ्बोले मुख्यमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा मुख्यमन्त्री कार्कीले सकारात्मक ढङ्गले सहयोग गरेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । मुख्यमन्त्रीसँगको भेट र चालिने कदमको विषयमा विपक्षी दलहरुको बैठक संयुक्त रूपमा बसेर टुंगोमा पुग्ने आङ्बोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण