‘लाज शरणम्’ हेरेपछि बालेनले के भने ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका हुन् ।
फिल्म हेरेपछि बालेनले अभिनेता सिताराम कट्टेलको अभिनयको समेत तारिफ गरेका छन् । ‘सितारामजीको भूमिका लास्टै दामी । लास्टै मजा आयो’ उनले प्रतिक्रियामा भनेका छन् । ‘म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो’ बालेनले भने ।
फिल्म ‘लाज शरणम्’मा बालेनको ‘नेपाल हाँसेको’ र्याप गीत पनि छ । जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । फिल्मभित्र भने यो गीत छैन ।
कुमार कट्टेल निर्देशित फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकारको अभिनय छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् ।