‘लाज शरणम्’ हेरेपछि बालेनले के भने ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका हुन् ।
फिल्म हेरेपछि बालेनले अभिनेता सिताराम कट्टेलको अभिनयको समेत तारिफ गरेका छन् । ‘सितारामजीको भूमिका लास्टै दामी । लास्टै मजा आयो’ उनले प्रतिक्रियामा भनेका छन् । ‘म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो’ बालेनले भने ।
फिल्म ‘लाज शरणम्’मा बालेनको ‘नेपाल हाँसेको’ र्याप गीत पनि छ । जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । फिल्मभित्र भने यो गीत छैन ।
कुमार कट्टेल निर्देशित फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकारको अभिनय छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण