अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास
काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका प्रभावशाली अलराउण्डर महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाह बंगलादेशका लागि १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् ।
महमुदुल्लाहले हालै पाकिस्तानमा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पनि खेलेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी सार्वजनिक गरेका हुन् ।
महमुदुल्लाहले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिएसकेका थिए । उनले टेस्ट क्रिकेटबाट सन् २०२१ मा र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२४ मा सन्न्यासको घोषणा गरेका थिए ।
महमुदुल्लाह बंगलादेशका लागि चौथो सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । बंगलादेशका लागि उनीभन्दा बढी अन्तर्राष्ट्रिय रन मुशफिकुर रहिम, शाकि अल हसन र तमिम इक्वालले मात्र बनाएका छन् ।
उनले टेस्ट क्रिकेटमा ५० खेल खेल्दै कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । टेस्टमा उनले पाँच शतक र १६ अर्धशतक प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर भने अविजित एक सय ५० रन हो ।
यसैगरी, उनले दुई सय ३९ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल पाँच हजार ६ सय ८९ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले चार शतक र ३२ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित एक सय २८ रन हो ।
यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ४१ खेल खेल्दै कुल दुई हजार चार सय ४४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले आठवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित ६४ रन हो ।
यसका अतिरिक्त, महमुदुल्लाहले टेस्टमा ४३, एकदिवसीय अन्तर्राष्ट्रियमा ८२ र टी–२० अन्तर्राष्ट्रियमा ४१ विकेट पनि लिएका छन् । च्याम्पियन्स ट्रफी सकिएलगत्तै बंगलादेशका अर्का प्रभावशाली खेलाडी मुशफिकुर रहिमले पनि सन्न्यास लिएका थिए ।
महमुदुल्लाहले सोमबार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)सँग आफ्नो केन्द्रीय सम्झौता नविकरण नगर्न अनुरोध गरेका थिए । त्यतिबेला नै उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिने योजना बनाएको अनुमान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण