मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?

सोमबार, ०४ साउन २०८३, १५ : ५०
सोमबार, ०४ साउन २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकप फाइनलमा अर्जेन्टिनाका लियोनार्डो पेरेडेसले स्पेनका एरिक गार्सिया र गाभीसँग हातपात गरे ।
  • खेल सकिएपछि पेरेडेसले गार्सियासँग विवाद गरी गाभीलाई धकेलेर लडाइदिए ।
  • पेरेडेसलाई खेल अवधिभर दबाबमा देखिएका कारण रेफ्रीले रातो कार्ड देखाए ।

न्युयोर्क । सन् २०२६ को फिफा विश्वकप फाइनलको एउटा अप्रिय घटना यतिबेला विश्वभर चर्चाको विषय बनेको छ ।

स्पेनका एरिक गार्सिया र गाभीसँग अर्जेन्टिनाका मिडफिल्डर लियोनार्डो पेरेडेसको हातपात र विवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । स्पेनसँग १–० को पराजय बेहोरेपछि अर्जेन्टिनी मिडफिल्डर पेरेडेसले संयम गुमाउँदा सामाजिक सञ्जालमा धेरैले उनलाई 'खराब पराजित' को संज्ञा दिँदै आलोचना गरिरहेका छन् । 

मेटलाइफ स्टेडियममा सम्पन्न फाइनल खेलमा स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जितेर खुसीयाली मनाइरहँदा पेरेडेसले संयम गुमाएका थिए । खेल सकिएलगत्तै पेरेडेसले सुरुमा स्पेनका डिफेन्डर एरिक गार्सियासँग विवाद गरे र त्यसपछि उनको घाँटीमा समातेर धकेल्ने प्रयास गरे । 

आफ्ना टोलीका सहकर्मी गार्सियाको बचाउ गर्न स्पेनिस मिडफिल्डर गाभी तुरुन्तै अघि सरेका थिए । तर, पेरेडेस थप आक्रामक बन्दै बार्सिलोनाका मिडफिल्डर गाभीलाई मैदानमा धकेलेर लडाइदिए । अर्जेन्टिनाका थियागो अल्माडाले स्थिति शान्त पार्न प्रयास गरे पनि विवाद केही समयसम्म जारी रह्यो । 

मध्यान्तरपछि निकोलस गोन्जालेजको स्थानमा मैदान प्रवेश गरेका पेरेडेस खेल अवधिभर दबाबमा देखिएका थिए । दोस्रो हाफको सुरुवातमै पहेँलो कार्ड पाएका उनले त्यसपछि पनि केही खराब ट्याकलहरू गरेका थिए । स्लोभेनियाली रेफ्री स्लाभो भिन्चिचले खेल सञ्चालन भइरहँदा उनलाई दोस्रो पहेँलो कार्ड नदिए पनि खेल समाप्त भएपछिको उग्र व्यवहारका कारण अन्ततः पेरेडेसलाई रातो कार्ड देखाए । 

घटनापछि गाभीको प्रतिक्रिया

उक्त घटनाको केही समयपछि स्पेनका युवा स्टार गाभीले सामाजिक सञ्जालमार्फत स्पेनको ऐतिहासिक जितको खुसीयाली मनाए । उनले विश्वकप ट्रफीसँगको आफ्नो तस्बिर साझा गर्दै टोलीलाई दोस्रो पटक च्याम्पियन बनाउन पाएकोमा खुसी व्यक्त गरे । गाभीको उक्त पोस्टबाट उनी मैदानको विवादलाई पछाडि छोड्दै आफ्नो खेल जीवनको सबैभन्दा ठुलो सफलताको उत्सव मनाउन केन्द्रित रहेको स्पष्ट देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप