हाई कोर्टले दियो कैलाश खेरलाई राहत
नयाँ दिल्ली । २००७ मा बलिउड गायक गायक कैलाश खेरले भगवान शिवको बारेमा एउटा गीत गाएका थिए । यो गीतले जनताको भावनामा चोट पुर्याएको आरोप लगाउँदै खेरविरुद्ध मुद्दा दायर गरिएको थियो । गायकको त्यस्तो मनसाय नभएको भन्दै बम्बई उच्च अदालतले मुद्दा खारेज गरेको छ । खेरले ‘बम बम’ गीत गाउँदा कसैको धार्मिक भावनामा चोट पुर्याउने उनको कुनै उद्देश्य नभएको ठहर अदालतले गरेको छ ।
गायकविरुद्ध नरिंदर मक्कर नामक एक व्यक्तिले लुधियानाको स्थानीय अदालतमा उजुरी दर्ता गरेका थिए । उजुरीमा धार्मिक भावनालाई जानाजानी चोट पुर्याइएको आरोप लगाइएको थियो । उजुरीकर्ताले आफूलाई शिव उपासकको रूपमा वर्णन गर्दै भगवान् शिवमा आधारित खेरको गीत ‘बबबम बम’ मा कम पोसाक लगाएका महिलाहरू देखाइएको अश्लील भिडियो देखाइएको बताएका छन् । उनीहरू एक अर्कालाई चुम्बन गरिरहेका छन् ।
लुधियानाको क्षेत्रीय न्यायिक मजिस्ट्रेटमा दायर गरिएको उजुरी खारेज गर्दै उच्च अदालतले खेरले गाएको गीतका शब्दहरू भगवान् शिवको प्रशंसा बाहेक अरू केही नभएको बताएको छ । कुनै विशेष समुदायलाई मन नपर्ने हरेक कार्यले धार्मिक भावना भड्किन्छ नै भन्ने नभएको अदालतले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण