वुमन्स डे ट्रफी : हङकङलाई हरायो नेपालले
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । हङकङले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
नेपालका लागि ओपनर सम्झना खड्का अर्धशतकबाट मात्र ३ रनले चुकिन् । उनले ४३ बलको सामना गर्दै ३ चौकाको मद्दतले ४७ रन जोडिन् ।
कप्तान इन्दु वर्माले ३२ बलमा १८ रन बनाइन् । उनले १ चौका हिर्काइन् । पूजा महतोले नटआउट रहेर २६ बलमा २० रन जोड्दै टोलीलाई जित दिलाइन् । हङकङका लागि इमा लाई र कौर महेकदीपले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । टोलीका लागि शानजिन शहजादले अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरिन् ।
केरी चानले २९ बलमा १६ रन जोडिन् भने विकेटकिपर यास्मिन दासवानीले १५ बलमा १४ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि राजमति ऐरीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । कप्तान इन्दु वर्माको पोल्टामा २ विकेट पर्यो भने पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण