चन्द्रयान–५ लाई भारत सरकारले दियो मञ्जुरी
सोमबार, ०४ चैत २०८१, १६ : १६
नयाँ दिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर अवतरण गरेर भारतले इतिहास रचिसकेको छ ।
विश्वभरका देशहरू भारतको उपलब्धि दोहोर्याउन खोजिरहेका बेला भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी ईसरो अब चन्द्रमामा आफ्नो नयाँ अभियानको तयारीमा व्यस्त छ । यसै सन्दर्भमा केन्द्र सरकारले आइतबार भारतको चन्द्रयान–५ अभियानलाई अनुमोदन गरेको छ ।
चन्द्रयान–५ मिसन २०२८–२९ सम्ममा प्रक्षेपण गर्न सकिने बताइएको छ । यसको ठ्याक्कै मिति आगामी चरणहरू पूरा भएपछि घोषणा गरिन बताइएको छ । चन्द्रयान–५ ईसरो र जापानी अन्तरिक्ष अन्वेषण एजेन्सी जासाको संयुक्त कार्यक्रम हुनेछ । यो मिशनलाई लूनर पोलर एक्सप्लोरेशन (लुपेक्स) नाम दिइएको छ । चन्द्रयानका पुराना सबै मिसनको तुलनामा ५ ले निकै लामो समयसम्म काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण