चन्द्रयान–५ लाई भारत सरकारले दियो मञ्जुरी
सोमबार, ०४ चैत २०८१, १६ : १६

नयाँ दिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर अवतरण गरेर भारतले इतिहास रचिसकेको छ ।
विश्वभरका देशहरू भारतको उपलब्धि दोहोर्याउन खोजिरहेका बेला भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी ईसरो अब चन्द्रमामा आफ्नो नयाँ अभियानको तयारीमा व्यस्त छ । यसै सन्दर्भमा केन्द्र सरकारले आइतबार भारतको चन्द्रयान–५ अभियानलाई अनुमोदन गरेको छ ।
चन्द्रयान–५ मिसन २०२८–२९ सम्ममा प्रक्षेपण गर्न सकिने बताइएको छ । यसको ठ्याक्कै मिति आगामी चरणहरू पूरा भएपछि घोषणा गरिन बताइएको छ । चन्द्रयान–५ ईसरो र जापानी अन्तरिक्ष अन्वेषण एजेन्सी जासाको संयुक्त कार्यक्रम हुनेछ । यो मिशनलाई लूनर पोलर एक्सप्लोरेशन (लुपेक्स) नाम दिइएको छ । चन्द्रयानका पुराना सबै मिसनको तुलनामा ५ ले निकै लामो समयसम्म काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु