१२८ चिनियाँ पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज
पोखरा। १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक लिएर आएको बताएको छ ।
दूतावासले भनेको छ,‘ चिनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, १२८ यात्रुहरू सहित पोखरा आइपुग्यो, चाँडै नै यसले १२० भन्दा बढी यात्रुहरूलाई चीन लैजाँदैछ ।’
पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्नेछन् । दुई देशबिच पर्यटन प्रवर्द्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन् । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण