इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
मङ्गलबार, ०५ चैत २०८१, १९ : ४०
गाजा । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली वायु सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सख्या ४१३ पुगेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी घाइते भएका छन् भने अझैपनि धेरै मानिसहरु भग्नावशेषमा फसेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ ।
इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेकोले आक्रमणहरू पुनः सुरु गरेको दावी गरेको छ ।
इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले इजरायली सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण