गाजामा इजरायली हवाई आक्रमण जारी, २५ जनाको मृत्यु
बुधबार, ०६ चैत २०८१, २० : १७
गाजा । इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सकहरुले बताएका छन् । मृतक र घाइतेलाई अस्पताल लगिएको बताइएको छ भने इजरायली युद्धक विमानहरुले घरहरुमा निशाना बनाएको बताएका छन् । यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले रातभर उत्तरी गाजामा हमासको सैन्य इलाकामा आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण गरेको थियाे, जसका कारणा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण