आठ महिनामा भित्रियो २१ अर्बको स्मार्टफोन
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा स्मार्ट फोन आयात बढेको छ ।
गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो ।
चालु वर्षको ८ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको १४लाख ७ हजार ७८ थान स्मार्ट फोन आयात भएको भन्सार विभागले जनाएको छ ।
स्मार्ट फोन आयात बढ्दा राजस्व सङ्कलन पनि बढेको छ । गत वर्षको यसै अवधिमा ३ अर्ब ६० करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । चालु वर्षमाको यस अवधिमा ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
यसैगरी सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोनसेट आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा टेलिफोन सेट आयात हुँदा २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण