प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-(1)_ltksMOOsqP.jpg)
बुटवल । प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभी तर्फबाट आशिष् गुप्ता रहेका छन् ।
यता सदस्यहरूमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । सङ्घको सल्लाहकारमा ३ जना मनोनीत भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाईँ, शुक्र ऋषि चौलागाई र देवी वाग्ले मनोनीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल