पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण

सर्लाही । नेपाली कांग्रेसका नेता तथा प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टी अनुशासन उल्लंघको विषयमा दोस्रो पटक स्पष्टीकरण सोधिएको छ ।
पार्टीको मर्यादाविपरीत गतिविधिमा संलग्न भएको, अन्य विचारधाराका राजनीतिक कार्यक्रममा सहभागिता जनाएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक आरोप लगाएको आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।
सर्लाही क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्यसमितिबाट प्रमाणसहित उजुरी प्राप्त भएपछि रायलाई पहिलो पटक सात दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न निर्देशन दिइएको थियो । तर, तोकिएको समयभित्र कुनै प्रतिक्रिया नआएपछि पार्टी अनुशासन समितिले दोस्रो पटक पत्र पठाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पार्टीले निर्देशन दिएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीका अनुसार मन्त्री रायको गतिविधिमाथि पटक-पटक प्रश्न उठिरहेको छ । पार्टीका नेताहरूलाई गालीगलौज गर्ने, संगठनलाई कमजोर पार्ने तथा अनुशासनविपरीत गतिविधिमा संलग्न रहेको भन्दै उनलाई अघिल्ला पटक पनि सचेत गराइएको थियो ।
पार्टीले यस प्रकरणलाई गम्भीर रूपमा लिएको र तोकिएको समयभित्र स्पष्टीकरण नदिए थप कारबाहीसमेत गरिने कांग्रेस सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ
-
शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?