त्रिविका उपकुलपतिको राजीनामाबारे शिक्षामन्त्री अनविज्ञ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको विषयमा आफू जानकार नरहेको बताएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नमा राजीनामाको विषयमा आफू जानकार नरहेको बताएकी हुन् । शनिबार बिदा परेकाले राजीनामाका विषयमा जानकारी नआएको र आज आउन सक्ने बताइन् ।
आफुले समेत सञ्चारमाध्यमबाट नै राजीनामाको दिएको बारे थाहा पाएको उनको भनाइ थियो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने उनको भनाइ थियो ।
अहिले अनौपचारिक रूपमा आफूले पनि जानकारी पाएको बताउँदै विश्वविद्यालयबाट औपचारिक रूपमा जानकारी पाएपछि समितिलाई जानकारी गराउने बताइन् ।
उपकुलपति बरालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल