त्रिविका उपकुलपतिको राजीनामाबारे शिक्षामन्त्री अनविज्ञ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको विषयमा आफू जानकार नरहेको बताएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नमा राजीनामाको विषयमा आफू जानकार नरहेको बताएकी हुन् । शनिबार बिदा परेकाले राजीनामाका विषयमा जानकारी नआएको र आज आउन सक्ने बताइन् ।
आफुले समेत सञ्चारमाध्यमबाट नै राजीनामाको दिएको बारे थाहा पाएको उनको भनाइ थियो । किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने उनको भनाइ थियो ।
अहिले अनौपचारिक रूपमा आफूले पनि जानकारी पाएको बताउँदै विश्वविद्यालयबाट औपचारिक रूपमा जानकारी पाएपछि समितिलाई जानकारी गराउने बताइन् ।
उपकुलपति बरालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण