वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण शुल्क बढ्यो
काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूले स्वास्थ्य परीक्षण शुल्क बढेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै स्वास्थ्य परीक्षण शुल्क नौ हजार ५ सय रुपैयाँ कायम गरेको हो। यसअघि तीन हजार ५ सय सयदेखि छ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने नौ हजार ८ सय रुपैयाँ लिने गरेका थिए ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न ७ बुँदे सूचना जारी गरेको छ । स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सरकारको निर्णयअनुसार अब वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७९ बमोजिमको समितिको मिति २०७८।११।२२ को सिफारिस, वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४६ बमोजिमको विशेषज्ञ समितिको मिति २०८१।१०।०२ को सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णय गरिएको हो ।
स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन सूचीमा उल्लेख भएबमोजिम ३४ प्रकारका स्वास्थ परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको हो ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ मा छैटौ संशोधन गरिएको छ। ३४ प्रकारका स्वास्थ परीक्षण गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूले आवश्यक पूर्वाधार सूचना प्रकाशन भएको मितिले दुई महिनाभित्र तयार गरी सक्नुपर्नेछ । त्यसको मन्त्रालयले अनुगमन गर्ने र अनुगमनका क्रममा कार्यविधिबमोजिम पूर्वाधार तयार नगर्ने स्वास्थ्य परीक्षण संस्थाको सूचीकरण एवं नवीकरण खारेज गरिने मन्त्रालयले जनाएको छ।
त्यस्तै स्वास्थ्य परीक्षण कार्यलाई विद्युतीय प्रणालीमा लाने गरी आवश्यक तयारी गर्न विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार गर्ने व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण