कजारियाको नयाँ सोरुम धनगढीमा

धनगढी । भारतको अग्रणी टाइल निर्माता कजारियाले धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बलद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विराज भट्टको, विशिष्ट अतिथिको रूपमा चक्र बम र अतिथिको रूपमा धनगढी उद्योग वाणिज्य संघको पदाधिकारीको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंह पनि उपस्थित रहेका थिए । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्त्वपूर्ण विस्तारको शुभारम्भ गरे।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठुलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन