अस्ट्रेलिया नेपाली कम्युनिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ l अस्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा ७० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी उद्धव पोख्रेलले ४५ र अर्का प्रतिस्पर्धीले २ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष हेमन लमिछाने, महिला उपाध्यक्ष सहनशीला श्रेष्ठ,महासचिव दीपेन्द्र घिमिरे,सचिव वसन्त पाण्डे, कोषाध्यक्ष जनक प्रधान निर्वाचित भए । त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी, सकिना थापा, नवराज तिमिल्सिना, श्रीधर आचार्य, रिवाज मैनाली, युवराज घिमिरे, पुजन गड्तौला, नवीन चौलागाईं, विमर्श पाण्डे, विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर नेपाली कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने बताए । यहाँ रहेका नेपाली समुदायलाई एकत्रित गरेर भ्रातृत्त्वको भावना विकास गराउन पनि पहल गर्ने उनको भनाइ छ ।
नेपाली समुदायलाई अस्ट्रेलियाको समुदायमा जोड्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने उनले बताए । श्रेष्ठ सुनसरी इटहरी उपमहानगरपालिका २० का हुन् । उनी सात वर्षददेखि अस्ट्रेलिया बसोबास गर्दै आइरहेका छन् । उनी कन्सट्रक्सन क्षेत्रमा आबद्ध छन् । श्रेष्ठ अस्ट्रेलिया एनआरएनका सदस्यसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण