प्यालेष्टिनी स्वास्थ्यकर्मीको हत्यामा त्रुटि भएको इजरायलले स्वीकार्यो
तेल अभिभ । मार्च २३ मा गाजामा इजरायली सेनाले आकस्मिक सेवामा काम गर्ने १५ जना स्वास्थ्यकर्मीको हत्या गर्यो । उनीहरूको हत्या सेनाले त्रुटिवश गरेको इजरायली सेनाले स्वीकार गरेको छ ।
प्यालेष्टिनी रेडक्रस सोसाइटी (पीआरसीएस) को एम्बुलेन्स, संयुक्त राष्ट्रसङ्घको एउटा कार र दमकललाई रफाह नजिक गोली बर्साइएको थियो । अँध्यारोमा हेडलाइट र फ्ल्यास लाइट पनि नबालीकन यी सवारी साधनको लस्कर हिँडिरहेकोले शङ्का लागेको दाबी सेनाको छ ।
सवारी साधनहरूको आवागमनबारे सेनालाई पूर्व जानकारी पनि नआएको दाबी गरिएको थियो । तर मरेकामध्ये एक जना स्वास्थ्यकर्मीले मोबाइल फोनबाट खिचेको फुटेजमा घाइतेको मद्दतका लागि हारगुहार गरिरहँदा सवारी साधनबाट लाइट बलेको पाइयो ।
इजरायलको रक्षा बलले स्वाथ्यकर्मीमध्ये कम्तीमा ६ जनाको हमाससँग सम्बन्ध रहेको जिकिर गरेको थियो । तर अहिलेसम्म सेनाले कुनै प्रमाण दिएको छैन । तर सेनाले गोली चलाएको समयमा उनीहरू निःशस्त्र रहेको सेनाले स्वीकार गरेको छ । न्यूयोर्क टाइम्सले शेयर गरेको उक्त भिडियो फुटेजमा सेनाले कुनै चेतावनी बिनै गोली चलाउन सुरु गरेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण