इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह
मङ्गलबार, २६ चैत २०८१, ११ : २७
काठमाडौँ । डिजिटल वालेट इसेवाको नाममा स्क्यामरले भ्रामक एसएमएस पठाएको पाइएको छ । इसेवाले एक सूचनामार्फत एटी अलर्ट नामक सर्ट कोडबाट इसेवा ग्राहकहरूलाई भ्रमित पार्न एसएमएसहरु पठाइरहेको पाइएको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ ।
'यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत वा वित्तीय विवरण प्रदान नगर्न अनुरोध गरिन्छ’, इसेवाले मंगलबार एक सार्वजनिक सूचनामार्फत भनेको छ ।
कम्पनीबाट आउने सम्पूर्ण एसएमएस नोटिफिकेसनहरु इसेवा, इसेवा अलर्ट, ३२१३१ र ३२१२१ मार्फत मात्रै आउने इसेवाले स्पष्ट पारेको छ । यस्तै कम्पनीले ग्राहकरुको ओपीटी, एमपीन र पासवर्ड कहिल्यै नमाग्ने पनि सूचनामा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण